समाज

नमस्ते ग्यास उद्याेगका सञ्चालक फुयाँलकाे सम्पति लिलामकाे तयारीमा

नमस्ते ग्यास उद्याेगका सञ्चालक फुयाँलकाे सम्पति लिलामकाे तयारीमा

काठमाडौं । नमस्ते ग्यास उद्याेग प्रालिका सञ्चालक सुरेन्द्र प्रसाद फुयाँलकाे सम्पति लिलाम अवस्थामा आएकाे छ । नेपाल बैंक लिमिटेडले असार २७ गते एक सूचना प्रकाशित गर्दै ऋणी फुयाँलले ३५ दिनभित्र कर्जा चुक्ता गरे उहाँकाे सम्पति लिलाम हुने जनाएकाे छ । उक्त समयावधिभित्र कर्जा चुक्ता नगरे धितोमा रहेको घरजग्गा लिलाम गरिने बैंकले जनाएकाे छ । ऋणी फुयाँलले कर्जा लिई बैंकलाई तिर्नुपर्ने साँवा ब्याज नतिरेको र बैंकले पटकपटक लिखित तथा मौखिक रुपमा सूचीत गर्दासमेत कर्जा चुक्तामा बेवास्ता गरेको भन्दै ३५ दिनभित्र कर्जा चुक्ता गर्न सूचना प्रकाशन गरेको हाे । सो समयावधिभित्र पनि कर्जा चुक्ता नभएमा धितोमा रहेको घरजग्गा लिलाम गरिने साथै ऋणी…
Read More
अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्ड सञ्चालनमा

अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्ड सञ्चालनमा

काठमाडाैं । जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्ड सञ्चालनमा आएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बिजलपुरामा आयोजित एक समारोहबीच जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको शुभारम्भ गरेपछि सञ्चालनमा आएकाे हाे । उक्त समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, मधेस प्रदेशका राजनीतिक नेता, नेपाल सरकारका प्रतिनिधि लगायत अन्यको उपस्थिति थियो । कूल १७.३ किलोमिटर लम्बाई रहेको यस कुर्था–बिजलपुरा खण्डमा कुर्था, पिपराडी, लोहारपट्टी, सिंग्याही र बिजलपुरा गरी ५ वटा स्टेसनहरु रहेका छन् । कूल भारु ७८३.८३ करोड लागतमा भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको यो खण्ड जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग परियोजनाको दोस्रो चरण रहेको छ…
Read More
भारतद्वारा नेपाललाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान

भारतद्वारा नेपाललाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान

काठमाडाैं । भारत सरकारले नेपाललाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेकाे छ । देशभर रहेका विभिन्न जिल्लाका संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएकाे काठमाडाैंस्थित रहेकाे भारतीय राजदूतावासले जनाएकाे छ। दूतावासले एक कार्यक्रमकाे आयाेजना गरी आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेकाे हाे । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरिएकाे हाे । विभिन्न…
Read More
हुम्लाका होटलमा अवैध चिनियाँ मदिरा बरामद

हुम्लाका होटलमा अवैध चिनियाँ मदिरा बरामद

हुम्ला । चीनसँगको सिमाना हिल्सा नाका खुलेसँगै लुकिछिपी ल्याएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले सर्केगार्ड गाउँपालिकाबाट खच्चडमा ढुवानी गरी खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा बिक्री गरेको सूचनाका आधारमा गस्तीमा रहेको प्रहरीले सो मदिरा बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले अवैध मदिरा बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारको एक होटलमा खानतलासी गर्दा सो मदिरा बरामद गरेको बताए। उनले बरामद भएको चिनियाँ मदिरा बोरामा राखिएको तीस कार्टुन रहेको र त्यसमा ३३० बोटल मदिरा रहेको बताए। बरामद भएको मदिराबारे आवश्यक कारवाहीका लागि थप अनुसन्धान भइरहेको भन्दै उनले मदिरा भित्र्याएर बिक्री गर्नेलाई कानुनी कारवाही प्रक्रिया…
Read More
दाङमा सिँचाइका पूर्वाधार निर्माण तीव्र

दाङमा सिँचाइका पूर्वाधार निर्माण तीव्र

- नारायणी रजौरे ३१ असार,दाङ।  दाङको खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको ‘वृहत दाङ उपत्यका सिँचाइ आयोजना’ले पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको छ । विसं २०७३ देखि सञ्चालनमा आएको उक्त आयोजनाले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएको हो । “अहिले कार्यालयको उद्देश्य दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने हो । सोही अनुरुप हामीले काम गर्न थालेका छौँ”, आयोजना प्रमुख विराट ज्ञवालीले भन्नुभयो । हाईड्याम्प, लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाईभर्सन, सतह सिँचाइ प्रणालीको विकासलगायत ‘कम्पोनेन्ट’मा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रमुख ज्ञवालीका अनुसार हालसम्म कार्यालयले ४२ वटा ठूला ड्याम (जलाशय) निर्माण गरेको…
Read More
कर्णालीका घरघरमा प्रहरीको स्टिकर

कर्णालीका घरघरमा प्रहरीको स्टिकर

३१ असार,छिन्चु (सुर्खेत) । कर्णाली प्रदेशका घरघरमा स्टिकर टाँस्ने अभियान सुरु भएको छ । सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आजदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँसेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सो अभियानको सुरुवात गर्नुभएको छ । अभियानको सुरुआत गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले सो कार्यक्रमले प्रहरीलाई जनतासँग नजिक हुन थप मद्दत पुग्ने बताउनुभयो । आपतविपद् पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरीसँग पहुँच बढाउन सकिने भएकोले उक्त अभियानले प्रहरीलाई जनमैत्री हुन सघाउने उहाँले उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री खड्काले उक्त अभियानलाई सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो । कर्णाली…
Read More
लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी

लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी

३१ असार,महेन्द्रनगर । कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चारवर्ष यताकै बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७९÷८० को वार्षिक गतिविधि सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी लागु औषधसम्बन्धी १५४ मुद्दा दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध मुद्दामा १४ भारतीय नागरिकसहित दुई सय ८२ जना पक्राउ परेको जानकारी दिनुभयो । त्यसैगरी गत आर्थिक वर्षमा लागुऔषधका एक सय ४३ मुद्दा दर्ता भएकामा दुई सय ३९ जना पक्राउ परेका थिए । प्रहरी उपरीक्षक थापाले भन्नुभयो–“यहाँ हरेक दिन लागुऔषध सेवनकर्ता पक्राउ पर्ने…
Read More
जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

३१ असार,रोल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।
Read More
भूमि आयोगद्वारा निस्सा वितरण

भूमि आयोगद्वारा निस्सा वितरण

३१ असार,पाटन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिकाको वडा नं ७ मा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आज आइतबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको उपस्थितिमा आयोग जिल्ला समिति ललितपुरले १४ भूमिहीन परिवारलाई निस्सा वितरण गरेको हो । भूमि आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार उपत्यकामै पहिलो पटक गोदावरी नगरपालिकाको वडा नं ७ देविचौरमा तीन जना भूमिहीन दलित सहित १४ परिवार भूमिहीनलाई निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले यसअघि जेठ ३१ गते बागमती गाउँपालिकाका ९४ भूमिहीनलाई निस्सा वितरण गरेको थियो । “हामीले आवश्यक प्रक्रिया सम्पन्न…
Read More
संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग

संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग

३१ असार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्नुहुँदै महामन्त्री शर्माले भन्नुभयो– “सहकारीकर्मीहरु आन्दोलनमा छन् । केही सहकारीकर्मीका कारण सयौँ सहकारी आलोचित भएका छन्, सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने सहकारीकर्मीसँग संवादमार्फत माग पूरा गर्न आग्रह गर्न चाहन्छु ।” हरेक दुई वर्षमा नेपाली श्रमिकको न्यूनतम ज्याला तोकिने व्यवस्था भए पनि सरकारले कुनै चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो । “ज्याला वृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच संवाद मार्फत समस्या टुङ्गोमा पु¥याउने विषयमा सरकार गम्भीर हुनुपर्छ”, महामन्त्री…
Read More
Page 178 of 452
1 … 176 177 178 179 180 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.