हुम्लाका होटलमा अवैध चिनियाँ मदिरा बरामद

Share Icon

हुम्ला । चीनसँगको सिमाना हिल्सा नाका खुलेसँगै लुकिछिपी ल्याएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले सर्केगार्ड गाउँपालिकाबाट खच्चडमा ढुवानी गरी खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा बिक्री गरेको सूचनाका आधारमा गस्तीमा रहेको प्रहरीले सो मदिरा बरामद गरेको हो।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले अवैध मदिरा बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारको एक होटलमा खानतलासी गर्दा सो मदिरा बरामद गरेको बताए।

उनले बरामद भएको चिनियाँ मदिरा बोरामा राखिएको तीस कार्टुन रहेको र त्यसमा ३३० बोटल मदिरा रहेको बताए। बरामद भएको मदिराबारे आवश्यक कारवाहीका लागि थप अनुसन्धान भइरहेको भन्दै उनले मदिरा भित्र्याएर बिक्री गर्नेलाई कानुनी कारवाही प्रक्रिया अगाडि बढाएको बताए।

बरामद भएको मदिरा तीन लाख ६३ हजार रुपैयाँ बराबरको छ। होटलले सस्तो मूल्यमा आउने मदिरा प्रतिबोतल एक हजार एक सय रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ। प्रहरीले सरोकारवाला पक्षको उपस्थितिमा सो मदिरा नष्ट गर्ने तयारी गरेको जनाएको छ। चीनले कोरोनाका कारण सीमा नाका बन्द गर्दा लामो समय चिनियाँ मदिरा जिल्लामा भित्रिन सकेको थिएन।

नाका खुलेसँगै चीनसँगको नाकाबाट लुकिछिपी सो मदिरा भित्रिएको हुन सक्ने प्रहरीले जनाएको छ। जिल्लामा अवैध चिनियाँ मदिरा बरामद भएपछि प्रहरीले नाकामा कडाइ गरेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.