Share Icon

२५ फागुन,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

Facebook Comments Box

Share Icon