Share Icon

५ असाेज, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताउनुभएकाे छ।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे । उहाँले समितिबाट यसअघि नै परराष्ट्र नीतिको मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुनः छलफल गरी सबै दलबीच साझा सहमति बनाउनुपर्नेमा जोड दिनुभयाे।

उहाँले दलहरूबीच देशभित्र आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने बताउनुभयाे । उहाँले राष्ट्रिय सुरक्षा नीतिकाे बारेमा पनि साझा सहमति बनाउनुपर्ने समेत बताउनुभयाे।

साथै साेही समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले पनि परराष्ट्र नीति साझा सहमति हुन आवश्यक रहेको बताउनुभयाे । भारत, चीन, अमेरिका र बेलायत लगायतका देशबाट आइरहेको डेलिगेसनमा अपडेट हुनुपर्ने उहाँकाे भनाइ थियाे।

 

 

 

 

 

 

 

 

Facebook Comments Box

Share Icon