१७ फागुन,काठमाडौँ । आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो ।
संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ “फागुन १७ गते आज दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भई आगामी चैत ५ गते आइतबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको छ ।”
अब राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको बैठक बस्ने छ । यही फागुन २५ गते राष्ट्रपतिको र आगमी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हँुदैछ ।
Facebook Comments Box
Related posts:

‘सजाय छुटको मागदाबीसम्बन्धी व्यवस्था कार्यान्वयनमा निर्देशिका महत्वपूर्ण’

रास्वपाद्वारा कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटनको घोषणा

राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ : डा वाग्ले

एमाले गण्डकी प्रदेशकाे नयाँ नेतृत्व चयनका आज मतदान हुँदै

