Share Icon

१८ असाेज,काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने भएकाे छ।

अध्यक्ष पदका लागि म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारीले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको हाे । शर्मा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबाट उम्मेदवार बन्नु भएको हो ।

गुरुङ समूहलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलको संरक्षण छ भने अधिकारी समुहलाई महासचिव शंकर पोखरेलको साथ छ । गण्डकीमा एमालेको तेस्रो धारको रुपमा प्रस्तुत भएका प्रभावशाली नेताहरु पदमा अर्याल र किरण गुरुङ भने यो अधिवेशनमा देखिने गरी कुनै पनि समूहमा खुलेका छैनन् ।

१ सय ६५ जनाको लागि ३ सय ८२ जनाको उम्मेदवारी परेको छ ।अधिवेशनमा विभिन्न क्लष्टरका २७ जना भने निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनमा प्रदेशका ११ जिल्ला र जनवर्गीय संगठनबाट ९ सय ७ जना प्रतिनिधि सहभागी भएका छन् ।

Facebook Comments Box

Share Icon