१२ फागुन,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचन प्रमुख चासो र प्राथमिकताको विषय नभएकाले तटस्थ हुनुपर्ने केही नेताले माग गरेपछि सो विषयमा विवाद र मतभेद बढेको छ । बैठक दिउँसो १ बजे बोलाइएको उहाँले बताउनुभयो ।
निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा देशभर पार्टीको अवस्था, सङ्गठन सुदृढीकरणका योजना, विभिन्न प्रदेशका बैठकबाट आएका सुझावबारे पनि जानकारी गराइने छ । निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन गर्न समय तय गरेको छ ।
Related posts:

राष्ट्रपति भण्डारी बागलुङमा, कालिका मन्दिरमा विशेष पूजाअर्चना

बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा राप्रपाका सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अन्तर्वार्ता : व्यवसायीका समस्या समाधानमा प्रधानमन्त्रीको आश्वासन कार्यान्वयनको प्रतीक्षामा छौँ : उप...

क्विन्टल सुन तस्करीमा माओवादी नेता नै संलग्न देखिँदा मौन बने गृहमन्त्री श्रेष्ठ

