Share Icon

४ फागुन,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत प्रस्थान गर्नुभएको छ ।

भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।

पार्टीका विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालका पत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा शङ्कर खतिवडा हुनुहुन्छ । प्रतिनिधिमण्डलको दुई दिनको कार्यक्रम सकेर काठमाडौँ फर्कने कार्यक्रम छ ।

Facebook Comments Box

Share Icon