मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

Share Icon

३ फागुन ,विराटनगर । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ ।

औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहताले जानकारी दिनुभयो ।

मोरङमा यस अघि ११औँ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो । “सफलता प्राप्त नभएपछि १२औँ पटक औषधि खुवाउन लागेका छौँ”, प्रमुख मेहताले भन्नुभयो– “यो अभियान १४ दिनसम्म सञ्चालन गर्छौँ ।” गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले जुकाको औषधिसहित तीन प्रकारको औषधि खानुपर्ने हुन्छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.