उच्चस्तरिय कार्यदलमार्फत समस्या समाधान गरिने

Share Icon

२ फागुन,काठमाडौँ । यातायात मजदुरले गरेको आन्दोलनका विषयलाई लिएर सरकार, यातायात व्यवसायी र यातायात मजदुरबीच सिंहदरबारमा वार्ता भएको छ ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आज बिहान बसेको बैठकले यातायात मन्त्रालयले बनाएको उच्चस्तरीय कार्यदलमार्फत यातायात क्षेत्रका समस्या समाधान गर्ने निर्णय गरेको हो । कार्यदलको बैठक बसेर यातायात व्यवसायी तथा मजदुरले राखेका जायज माग सम्बोधन गर्नेबारे बैठकमा छलफल भएको नेपाल यातायात मजदुर सङ्घका महासचिव नुरनाथ पन्तले राससलाई जानकारी दिनुभयो ।

छलफलमा यातायात क्षेत्रको समस्या समाधानका लागि मन्त्रालय गम्भीर रुपमा लाग्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभएको थियो । उक्त बैठकसँगै आज उपत्यकामा गरिएका सबै सार्वजनीक यातायात बन्दका कार्यक्रम स्थगित गरिएको छ । बैठकमा मन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम, काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख मीरा चौधरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँर, यातायात मजदुरका नेताको सहभागिता रहेको थियो ।

यस्तै, आज दिउँसो ३ बजे कार्यदलको बैठक यातायात व्यवस्था विभाग मीनभवनमा बस्दैछ । यातायात मजदुरको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनावग्रस्त बनेको थियो । दुईवटा प्रहरी भ्यानमा आगो लागेको र नयाँ बसपार्कस्थित लोह्त्से मल तोडफोड तथा चोरी भएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.