टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो, खोजी तथा उद्धार कार्य जारी

Share Icon

एजेन्सी । टर्कीमा सोमबार गएको ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु भएकाको संख्या ३ हजार ८ सयभन्दा माथि पुगेको छ । टर्की र सिरियामा गरी अहिलेसम्म करिब ३ हजार ८ सय जना मानिसहरूको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो ।

सोमबार बिहान टर्की केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले मध्यपूर्वका चार देश टर्की, सिरिया, लेबनान र इजरायल हल्लाएको थियो।

भूकम्पबाट भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो तर यहाँ कुनै क्षति भएको छैन।

भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ३ सय ७९ जनाको ज्यान गएको छ भने ११ हजार जना घाइते भएको खबर छ। त्यहाँको सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

यस्तै भूकम्पबाट सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.