Share Icon

१५ असार, एजेन्सि । इथियोपियाले ब्रिक्स संयन्त्रमा सामेल हुन अनुरोध पेश गरेको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।“इथियोपिया संयुक्त राष्ट्रसंघ, अफ्रिकी संघ र असंलग्न आन्दोलन“ लगायतका बहुक्षेत्रीय सङ्गठनहरूको संस्थापक सदस्य पनि रहेको मन्त्रालयका प्रवक्ता मेलेस आलेमले बताएका छन् ।

“बदलिँदो अन्तरराष्ट्रिय परिस्थिति र परिवर्तनलाई ध्यानमा राख्दै इथियोपियाले हाम्रो राष्ट्रिय हितको रक्षा गर्न ब्रिक्स लगायत अन्य अन्तरराष्ट्रिय निकायको सदस्य बन्न खोजिरहेको,“ उनले सार्वजनिक गरेका छन्।’ इथियोपियाले आफ्नो अनुरोधमा सकारात्मक प्रतिक्रियाको अपेक्षा पनि गरेको छ ।
ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका लगायत देशहरूको क्षेत्रीय सङ्गठन हो ।

Facebook Comments Box

Share Icon