Share Icon

काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान आइतबार दुर्घटना हुँदा ३० जना यात्रुको मृत्यु भएकाे छ।

पोखरा एयरपोर्टमा अवतरण गर्नु अगावै पोखराको नयाँ गाउँमा दुर्घटना हुँदा ३० जना यात्रुको मृत्यु भएको हाे । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर आइतबार पोखराका लागि उडेको यतीको एएनसी एटीआर ७२ विमान पोखरामा दुर्घटना भएकाे हाे । अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् ।

यद्यपी, घटनाको विस्तृत थप विवरण आउन बाँकी छ ।

Facebook Comments Box

Share Icon