काठमाडौँ । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ।
अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । ती सबैलाई वर्षौँदेखि ह्याकिङ गरेको आरोप लगाइएको थियो ।
ह्याकरहरूले अमेरिकी लोकतान्त्रिक संस्थाहरूलाई निशाना बनाएको दाबी गरिएको छ । ह्याकरहरूले अमेरिकाका केही महत्त्वपूर्ण पूर्वाधार क्षेत्रहरूलाई लक्षित गरेको भन्दै अमेरिकी ट्रेजरी डिपार्टमेन्टले ती दुई व्यक्तिविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।
अमेरिकाको विदेश मन्त्रालयले यी सातै जनाको बारेमा जानकारी दिने जो कोहीलाई एक करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।
चिनियाँ सरकारसँग जोडिएका ह्याकरहरूले अमेरिकी अधिकारीहरू, पत्रकारहरू, निगमहरू, प्रजातन्त्र समर्थक कार्यकर्ताहरू र बेलायतको चुनावी निगरानीकर्ताहरूलाई लक्षित गरी ठुलो मात्रामा अपरेसन सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चिनियाँ सरकारका आलोचकहरूलाई उत्पीडन गर्ने र अमेरिकी कर्पोरेसनहरूबाट डाटा चोर्ने र उच्च तहका राजनीतिक व्यक्तित्वहरूको जासुसी गर्ने उद्देश्यले सन् २०१० मा सुरु भएको थियो ।
Related posts:

नागरिकलाई जासुस बन्न प्रोत्साहित गर्ने चिनियाँ कदमप्रति अमेरिका चिन्तित

इजरायल हमास युद्ध : हिजबुल्लाहद्वारा इजरायली क्षेत्रमा रकेट आक्रमण

भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्समा भने- भारत विश्वको विकास इन्जिन बन्नेछ

सुडान झडपः छपन्न सर्वसाधारणको मृत्यु, छ सय घाइते

