बेइजिङ । चिनियाँ पुँजी बजारबाट विदेशी लगानीकर्ता पलायन हुने क्रम बढ्दै गएको पाइएको छ । लगातार ६ महिनादेखि चिनियाँ पुँजी बजारबाट विदेशी लगानीकर्ता पलायन हुँदै गएका छन् ।
चीनको साङ्घाइ कम्पोजिट परिसूचक, सेन्जेन कम्पोनेन्ट इन्डेक्स, चेनेक्स इन्डेक्सजस्ता पुँजी बजारबाट विदेशी लगानीकर्ताहरु बाहिरिएका हुन् ।
केही समयअघि गत फेब्रुअरी २ मा साङ्घाई कम्पोजिट इन्डेक्समा ३ दशमलब ७७ प्रतिशतको गिरावट आएको थियो, यससँगै उक्त परिसूचक सन् २०२० मार्चयताकै सबैभन्दा कम विन्दुमा पुगेको थियो ।
अन्तर्राष्ट्रिय वित्त प्रतिष्ठानका अनुसार सन् २०२३ मा चीनबाट ८२ अर्ब २० करोड डलर विदेशी लगानी बाहिरिएको छ । यो शाङ्घाई हङकङ स्टक कनेक्ट स्थापना भएयताकै सबैभन्दा ठूलो पलायन हो ।
Facebook Comments Box
Related posts:

इन्दोर मन्दिर दुर्घटनाः छत्तीस जनाको मृत्यु, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता

इरानद्वारा अमेरिकी आक्रमणको निन्दा

कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप

दूतावास बन्द गरेर खार्तुमबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिएदूतावास बन्द गरेर खार्तुमबाट सबै अमेरिकी ...

