नरेन्द्र मोदी भन्छन् – सन् २०३५ सम्ममा अन्तरिक्षमा भारतको आफ्नो स्टेसन हुनेछ

Share Icon

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने बताएका छन् ।

तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्र (भिएसएससी) मा एक भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यस कार्यले अन्तरिक्षको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताए । भारतीय अन्तरिक्ष यात्री आफ्नै रकेटबाट चन्द्रमाको सतहमा अवतरण हुने उनको भनाई छ ।

प्रधानमन्त्री मोदीले २१औँ शताब्दीमा भारत एउटा गतिशील वैश्विक खेलाडीका रूपमा उदाइरहेको बताए ।

प्रधानमन्त्री मोदीले सन् २०२४–२५ मा प्रक्षेपण हुने भारतको पहिलो मानव अन्तरिक्ष उडान गगनयान कार्यक्रम योजनाको हिस्सा हुने चार अन्तरिक्ष यात्रीको नाम पनि घोषणा गरे।

तिनीहरूमा भारतीय वायुसेनाबाट छानिएका चार पाइलट समूह क्याप्टेन प्रशान्त नायर, समूह क्याप्टेन अजीत कृष्णन, समूह क्याप्टेन अङ्गद प्रताप र विङ कमान्डर शुभांशु शुक्ला छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.