२४ चैत,एजेन्सी। श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताउनुभएको छ ।
अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८.५ प्रतिशतले अधिक भएको श्रममन्त्रीले बताउनुभयो । गत जनवरीमा ४३ करोड ७५ लाख तथा फेब्रुवरीमा ४० करोड ७४ लाख अमेरिकी डलर विप्रेषण देशले प्राप्त गरेको श्रीलङ्काको केन्द्रीय बैङ्कले जनाएको छ ।
केन्द्रीय बैङ्कका अनुसार सन् २०२१ मा पाँच अर्ब ४९ करोड र सन् २०२२ मा तीन अर्ब ८० करोड डलर विप्रेषण आप्रवाह भएको थियो । प्रवासी कामदारले पठाउने रकम नै श्रीलङ्काको वैदेशिक राजस्वको प्रमुख स्रोत हो ।
Facebook Comments Box
Related posts:

अमेरिकाले चिनियाँ पनडुब्बीहरूको शिकार गर्न नयाँ हतियार विकास

चीनको विस्तारवादले भुटानको सार्वभौमसत्तामाथि गम्भीर खतरा

चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता ह्रासले त्रसित सी

भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्समा भने- भारत विश्वको विकास इन्जिन बन्नेछ

