अस्ट्रेलियाली-चिनियाँ लेखक याङ हेङजुनलाई चीनमा ‘निलम्बित मृत्युदण्ड’

Share Icon

काठमाडौं । अस्ट्रेलियाली-चिनियाँ लेखक याङ हेङजुनलाई चिनियाँ अदालतले ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ।

चिनियाँ कानून अनुसार, जब एक दोषीलाई निलम्बित मृत्युको सजाय सुनाइन्छ, यसको मतलब उसलाई तुरुन्तै मृत्युदण्ड दिइने छैन र दुई वर्षको समय दिइनेछ। मृत्युदण्डको सजाय दुई वर्षमा जन्मकैदमा परिणत हुन सक्ने सम्भावना हुन्छ ।

हेङजुनको मुद्दामा पनि दुई वर्षपछि उनको मृत्युदण्डलाई जन्मकैदमा परिणत गर्न सकिने विश्वास गरिएको छ ।

डा. याङ- एक विद्वान र लेखक हुन् जसले चीनको मामिलामा लेख्छन्। पाँच वर्षअघि उनी जासुसीको आरोपमा चीनमा पक्राउ परेका थिए ।

अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले अष्ट्रेलिया सरकारले लामो समयदेखि उनको रिहाइको लागि निवेदन दिएको र यो निर्णयबाट “चकित” भएको बताए।

याङले यसअघि चीनको सुरक्षा मन्त्रालयमा काम गरेका थिए। उनी एक चिनियाँ-अस्ट्रेलियन विद्वान र उपन्यासकार हुन् र चीन मामिलाहरूमा ब्लग लेख्छन् ।

उनी “डेमोक्रेसी पेडलर” को उपनामले परिचित छन् । यद्यपि उनले आफ्ना लेखहरूमा चिनियाँ सरकारको प्रत्यक्ष आलोचनालाई प्रायः बेवास्ता गरेका छन् ।

५७ वर्षीय याङलाई सन् २०१९ मा ग्वाङ्झाउ एयरपोर्टबाट जासुसी गरेको आरोपमा पक्राउ गरिएको थियो ।

याङको मुद्दा बन्द ढोका पछाडि सुनिएको थियो र उनको तर्कहरू कहिल्यै सार्वजनिक गरिएको थिएन।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.