चीनकाे दादागिरी : चिनियाँ अनुसन्धान जहाज भारतीय महासागर क्षेत्रमा प्रवेश

Share Icon

काठमाडौं । चिनियाँ अनुसन्धान जहाज भारतीय महासागर क्षेत्रमा प्रवेश गरेपछि भारत सशंकित बनेको छ ।

मालदिभ्स र नयाँ दिल्लीबीच सम्बन्ध बिग्रँदै जाँदा चिनियाँ अनुसन्धान जहाज सियाङ याङ होङ जिरो थ्री भारतीय महासागर प्रवेश गरेको हो। भारतले आफ्नो तटीय क्षेत्रमा अघिल्लो यस्तै प्रकारको चिनियाँ जहाजको उपस्थितिलाई समस्या ठान्दै आएको थियो ।

भारतीय एक सैन्य अधिकृतले चिनियाँ जहाज प्रवेशको पुष्टि गर्दै अनुगमन गरिरहेको बताएका छन् । उनले चिनियाँ जहाजले पनडुब्बी परिचालन लगायत नागरिक तथा सैन्य गतिविधिको लागि सूचना सकंलन गर्न सक्ने बताएका छन् ।

सन् २०१९मा भारतले चिनियाँ जहाजलाई विशेष आर्थिक क्षेत्रमा प्रवेश गर्न रोक लगाएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.