हङकङ । अवैधानिक हिसाबमा सहर पसेको आरोपमा हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ परेका छन्। शेक ओ क्षेत्रमा बस चढेको अवस्थामा चार जनालाई पक्राउ गरिएको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
सोही बसमा चढेका अन्य चार जनालाई प्रहरीले खोजिरहेको छ । प्रहरी आउनुअघि नै उनीहरु फरार भएका थिए ।
बस चढेका गैरचिनियाँहरुको समूह अवैधानिक रुपमा सहर छिरेको आशंकामा स्थानीयले प्रहरलिाई खबर गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो । पक्राउ परेकाहरुबाट प्रहरीले पाकिस्तानी राहदानी बरामद गरेको थियो । पक्राउ परेकाहरु उनीहरु २२ देखि २४ वर्ष उमेर समूहका रहेको जनाइएको छ ।
यस वर्षको १० वर्षमा मात्रै हङकङमा करिब १ हजार विदेशी नागरिकलाई अवैधानिक रुपमा सहर प्रवेश गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमध्ये अधिकांश पाकिस्तानी, बंगलादेशी र भियतनामी रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
Related posts:

सेमिकन्डक्टर र चिप उद्योगमा चीनलाई रोक्न चाहन्छ अमेरिका

न्यूयोर्क टाइम्समा पोखरा विमानस्थलकाे अनियमितता बारे समाचार प्रकाशित भएपछि अख्तियार थाल्याे अनुसन्धा...

नेपाललगायत १८० देशमा सुरू भयो गुगलको च्याटबट बार्ड, च्याट जीपीटीभन्दा के फरक छ?

चीनमा श्वासप्रश्वाससम्बन्धी नयाँ राेग फैलिँयाे, जोखिममा नेपाल

