एजेन्सी । मलेसियाले भारतका नागरिकलाई विना भिसा आफ्नो मुलुक प्रवेश गर्न दिने भएको छ ।
आगामी डिसेम्वरबाट लागू हुने गरी मलेसिया सरकारले भारतका नागरिकलाई भिसा नलगाई प्रवेश दिन लागेको हो ।
मलेसियाका सरकारी अधिकारीहरुका अनुसार, भारत देशका नागरिकले ३० दिनसम्म विना भिषा बस्न पाउनेछन् । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सो नीतिको घोषणा गर्नुभएको हो ।
बिना भिसा मुलुक प्रवेश कहिलेसम्म लागू हुने हो भन्नेबारे भने केही खुलाइएको छैन । यसअघि पर्यटक बढाउन थाइल्याण्डले पनि भारत र चीनका नागरिकलाई फ्रि भिसामा प्रवेश दिने निर्णय गरेको थियो ।
Facebook Comments Box
Related posts:

गाजाका युद्ध पीडित जनताका लागि १० करोड डलर सहयोग गर्ने बाइडेकाे घोषणा

चीनले ३५ लाख उइगर मुस्लिममाथि अत्याचार गरिरहेकाे खुलासा

चिनियाँ उत्पादनमा मूल्य वृद्धि

भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार हुँदै

