इस्लामावाद । विश्व बैंकले गहिरो आर्थिक समस्यामा फसेको पाकिस्तानले जनताबाट उठाउने कर राज्य सञ्चालनका लागि अपुग रहेको जनाएको छ ।
विश्व बैंकलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएअनुसार पाकिस्तानजस्तो विकासशील मुलुकको कूल ग्राहस्थ उत्पादन र करको अनुपात कम्तीमा १५ प्रतिशत हुनुपर्ने भएपनि हाल केबल ११ दशमलब ६ प्रतिशत रहेको छ ।
विश्व बैंकले यस्तो अवस्थामा मुलुकका प्रमुख औद्योगिक एवम् आर्थिक क्षेत्रलाई लक्षित गरी कर संकलनलाई वृद्धि गर्नसमेत आग्रह गरेको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार विश्व बैंकले पाकिस्तानको कर संकलन दर यस क्षेत्रकै सबैभन्दा न्यून रहेको र तत्काल सुधार हुने सम्भावना नरहेको उल्लेख गरेको छ । बैंकले कृषि, घरजग्गा, खुद्रा, सुर्तीजन्य पदार्थमा थप कर लगाउनसमेत पाकिस्तानलाई सुझाव दिएको छ ।
Facebook Comments Box
Related posts:

इजरायलकाे हवाई आक्रमणका कारण गाजापट्टी क्षेत्रका ५० प्रतिशत आवासीय भवन ध्वस्त

भारतीय विदेशमन्त्रीको स्पष्टीकरण : ‘अखण्ड भारत’ नक्साबारे नेपाल र बंगलादेशले बुझिसके

डगमगाउदै चीनको अर्थतन्त्र

‘चीनका लागि जासुसी’ गरेको आरोपमा अमेरिकी जलसेनाका दुई जना पक्राउ

