देशका अधिकांश स्थानमा वर्षा हुने

Share Icon

१९ असाेज,काठमाडाैं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

शुक्रबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शुक्रबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै, बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

शुक्रबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै, बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.