Share Icon

१९ असाेज,काठमाडाैं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

शुक्रबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शुक्रबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै, बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

शुक्रबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै, बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon