Share Icon

काठमाडाैं । पछिल्लाे सयम मधेश प्रदेश बाराको आदर्श काेटवाल गाउँपालिका वडा नम्बर ५ ले विकासकाे फड्काे मारिरहेकाे छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा नम्बर ५ का वडा अध्यक्ष रूपेश नारायण सिंह ।अघिल्लाे कार्यकालभन्दा याे कार्यकालकाे दाेस्राे वर्षमै विकासले तीव्र गति लिएकाे छ ।

वडा अध्यक्ष सिंहले गत आर्थिक वर्षमा बाकी रहेका आधा, अधुरा विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे ।

वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष सिंहले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगतिकाे विषयमा जानकारी गराउनु भएकाे छ ।

उहाँले अहिले वडाभित्र शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्रथामिकता दिइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘वडामा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिएर महिला र बाललिकाहरुको लागि हामी काम गरिरहेका छौँ।’

त्यस्तै उहाँले वडाभित्र सञ्चालित विकासका ठूला आयोजना अघि बढाइएको बताउनु भयो। वडाका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधार धमाधम निर्माण हुन थालेपछि सर्वसाधरण पनि खुसी देखिएका छन्।

उहाँले वडामा रहेका स्थानीयवासीको मुख्या पेसा कृर्षि भएकाले कृषिलाई विशेष प्रथामिकता दिइएको बताउनु भयो । कृषिलाई सफल बनाउन सिँचाइकाे लागि विद्युतीयकरणका काम जाेडताेडले भइरहेकाे वडा अध्यक्ष सिंहले जानकारी दिनुभयाे ।

त्यस्तै उहाँले वैदेशिक राेजगारीमा जाने युवालाई राेक्ने प्रयास भइरहेकाे बताउनुभएकाे छ । विशेष गरेर कृषि क्षेत्रलाई प्रभावकारी बनाएर युवालाई राेजगारीकाे अवसर प्रदान गर्ने याेजना बनाइएकाे उहाँले बताउनु भयाे। वडामा आधुनिक तरिकाले खेती भइरहेकाे उहाँले बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘युवाहरूकाे कृर्षितर्फ आकर्षण बढाउन अनुदानमा सिँचाइकाे लागि माेटर, बिउविजन लगायत कृषि सामाग्री वितरण गरिएकाे छ।’

साथै यस वडामा रहेका २ वटा सामुदायिक विद्यालय पनि निर्माण भएकाे उहाँले जानकारी दिनुभयाे । वडाकाे शैक्षिक गुणस्तरकाे सुधार्न विभिन्न काेणबाट प्रयास भइरहेकाे पनि उहाँले बताउनु भयाे ।

उहाँले वडामा धार्मिक सम्पदा निर्माणमा पनि ध्यान दिइएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘जीर्ण मठ मन्दिर निर्माणमा पनि वडाले ध्यान दिएकाे छ।’ त्यसैगरी उहाँले वडामा धर्मशाला पनि निर्माण भएकाे बताउनु भयाे ।

वृद्ध भत्ता सजिलै उपलब्ध गराउन बैंकसँग समन्वय गरिनुका साथै वृद्ध वृद्धाहरूकाे लागि सार्वजनिक यातायातकाे पनि व्यवस्था गरिएकाे उहाँले बताउनु भयाे ।

उहाँले वडावासीलाई बाढीबाट जाेगाउन विभिन्न स्थानमा तटबन्ध पनि गरिएकाे जानकारी दिनुभयाे । साथै उहाँले महिलालाई लक्षित गरी सिलाइकटाइ र क्षमतावृद्दि लगायतका कार्यक्रम तथा याेजना बनाइएकाे बताउनु भयाे ।

त्यसैगरी खेलकुद क्षेत्रलाई बढावा दिन युवाहरूलाई खेलकुद सामाग्री वितरण गरिएकाे उहाँले बताउनु भयाे । वडा विकास निर्माणको काममा एक नम्बरमा रहेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो,’चुनवामा गरिएको प्रतिबद्दताअनुसार नै कामहरू अगाडि बढाइएको छ।’

उहाँले भ्रष्टाचार हुन नदिन हरेक योजनानमा अनुगमनलाई तीव्रता दिइएको बताउनु भयो । उहाँले गरिब, निमुखा तथा निम्न वर्गलाई विशेष ध्यान दिएर योजना बनाइएको बताउनु भयो ।

Facebook Comments Box

Share Icon