Share Icon

काठमाडाैं । डा. सीके राउत राष्ट्रिय अध्यक्ष रहेको जनमत पार्टीका गौरवशाली भातृ संगठन विद्यार्थी जनमत संघ बाराले सदरमुकाम कलैया स्थित तेली कल्याण समाज नेपाल बाराको सभाहलमा जिल्ला स्तरीय बृहत् विद्यार्थी भेला कार्यक्रम गरी संजय साह सर्राफ संयोजक, अनिल पटेल सह-संयोजक र सदस्यहरुमा नेहा गुप्ता, रेखा यादव, लक्ष्मी कुशवाहा, सोनम गुप्ता लगायत ३१ सदस्यीय रहने गरी विद्यार्थी जनमत संघ बारा कमिटी गठन गरेका छन ।

मधेस प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री माननीय महेस प्रसाद यादव ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामबाबु साह,सुनिल यादव,रौशन खातुन , केन्द्रीय सदस्य एवं बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेल, केन्द्रीय सदस्य विजय गुप्ता, कार्तिकदेव पाण्डे, राजु साह,लक्षमीकान्त गुप्ता, मधेस प्रदेश समिति सदस्य गजानन्द यादव,संतोष पटेल, रामाशंकर कुशवाहा, नेता तेजबहादुर भगत, युवा जनमत संघ बाराका संयोजक विकास सिंह, महिला जनमत संघ बाराका संयोजक अमृता कुमारी भगत, सह-संयोजक शान्ता कुशवाहा, महिला नेतृ शुष्मा यादव लगायतका नेताहरुको प्रमुख उपस्थिति रहेको थियो ।

विद्यार्थी जनमत संघ बाराका संयोजक संजय साह सर्राफको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन राजकुमार कुशवाहा ज्युले गर्नुभएको थियो । उक्त कार्यक्रम समापन पछि जिर्ण तथा दयनीय अवस्थामा रहेको कलैयाको सबै भन्दा पुरानो विद्यालय श्री ३ चन्द्र विद्यालयमा मधेस प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री माननीय महेश प्र. यादव ज्यूले अनुगमन समेत गर्नु भयो ।

अनुगमन पछि मन्त्रीले यो विद्यालय श्री ३ चन्द्र सरकारको पालामा निर्माण भएको र यस विद्यालयबाट ठुल-ठुला दक्ष जनशक्ति उत्पादन भएकोले र यस्ता विद्यालय ऐतिहासिक सम्पदा पनि भएकोले यसको संरक्षण र सम्बर्द्धन जरुरी रहेको छ । यसको लागि हामी काम गरीरहेका छौं । कलैयामा रहेको श्री ३ चन्द्र विद्यालयलाई नमुना विद्यालयमा पार्ने प्रयास गर्नेछु भन्ने कुरा प्रतिबद्धता गर्नुभयो ।

Facebook Comments Box

Share Icon