Share Icon

१२कात्तिक, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आइतबार बस्ने भएकाे छ । करिब दुई हप्तापछि आइतबार प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । बैठक आइतबार दिउँसो १ बजेका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएकाे छ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नुहुनेछ भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

यस्ताे छ सम्भावित कार्यसूचीः

 

Facebook Comments Box

Share Icon