चितवन-२ मा ७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत

Share Icon

१२ बैशाख , काठमाडाैं ।      मतगणना अन्तिम चरणमा पुग्दा चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले ५० हजार मत कटाएका छन्।

७०२२३ मत गणना हुँदा रवि लामिछानेले ५००२९ मत पाएका छन्। उनले अहिलेसम्म लगातार ७१ प्रतिशत मत पाइरहेका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ९१६५ छ। उनीहरूबीचको मतान्तर ४०८६४ छ।

चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत ८ हजार मात्र छ।

लामिछानेले यसपालि गत मंसिर-४ को चुनावमा पाएको भन्दा धेरै मतसँगै मतान्तर पनि फराकिलो पार्ने देखिएको छ।

 

मंसिरको चुनावमा लामिछानेले ४९३०० मत पाएका थिए। उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४९८८ मत पाएका थिए। उनीहरूबीचको मतान्तर ३४३१२ थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.