Share Icon

१९ जेठ, काठमाडौं । चीन भ्रमणबाट फर्किएको नेकपा माओवादी केन्द्रको टोलीले भ्रमण सफल र उपलब्धिमुलक भएको बताएको छ ।

उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको टोली बिहीबार साँझ मात्र नेपाल फर्किएको थियो । त्यसको भोलिपल्ट शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष सापकोटाले दुई पार्टीका सम्बन्ध विकासमा कुराकानी भएको बताए ।

उनका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश चिनियाँ नेताहरुसमक्ष राखिएको छ ।

चीन उड्नुअघि प्रधानमन्त्रीलाई भेटेको भन्दै उनले भने, ‘के सन्देश छ त भनेर सोधे भने मैले उहाँहरुलाई के भनौं भनेर सोध्दा जुलाइ लास्ट वा अगष्टको फस्टतिर चीन भ्रमणको सम्भावना छ ।’

Facebook Comments Box

Share Icon