नेपाल–भारतबिच के–के भयो सहमति ?

Share Icon

काठमाडौँ । नेपाल–भारतबिच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सहमति भएको छ ।

नेपाल भारतको संयुक्त बैठकपछि सामाजिक सञ्जालमा लेख्दै भारतीय विदेश मन्त्री एस. जयशंकरले दुई देशबिच भएको सहमतिबारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्,’उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन, दीर्घकालीन ऊर्जा व्यापार, नवीकरणीय ऊर्जा विकासमा सहकार्य, मुनाल स्याटेलाइटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भयो ।’

यस्तै जयशंकरले जाजरकोटका भूकम्प पीडितका लागि पाँचौँ चरणको राहत सामग्री हस्तान्तरण गरिएको पनि जानकारी दिए ।

बिहीबार तीनवटा अन्तरदेशीय प्रसारण लाइनको संयुक्त उद्घाटन गरिएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.