Share Icon

१ कार्तिक, काठमाडाैँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।

प्रदेशसभामा विपक्षी दल पनि चाहिने भन्दै राप्रपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिएर विपक्षमा बस्ने निर्णय गरेको हो ।

राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले आफ्नो दल विपक्षमा बस्ने बताए । ‘प्रदेशसभामा विपक्षी दल पनि चाहिन्छ । त्यसैले हामी विश्वासको मत नदिएर प्रतिपक्षमा बस्छौँ,’  सिटौलाले भने । मुख्यमन्त्री कार्कीले दिउँसो बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् ।

यसअघि एमाले, कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।  ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

Facebook Comments Box

Share Icon