भारतमाथि लगाएको आरोप पुष्टि गर्न क्यानेडियन बिपक्षी नेताकाे माग

Share Icon

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको कथित हत्यामा भारतको संलग्नता रहेको कुरा गरे पछि तीव्र विवाद सुरू भएको छ ।

भारतले ट्रुडोले लगाएका यी आरोपको खण्डन गरिरहेको बेला प्रधानमन्त्री ट्रुडोको आरोपको खण्डन गर्दै क्यानडाका विपक्षी नेता पियरे पोइलिभ्रेले अब सबै तथ्यसहित स्पष्ट रूपमा आउनु पर्ने बताएका छन्।

‘मलाई लाग्छ कि प्रधानमन्त्रीले सबै तथ्यहरूसँग स्पष्ट हुनु आवश्यक छ। हामीले सबै सम्भावित प्रमाणहरू जान्न आवश्यक छ ताकि क्यानेडियनहरूले त्यसमा निर्णय गर्न सकून,’ पोइलिभ्रेले पत्रकारहरूसँग भने ।

क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि अरु के गर्ने ? भन्ने प्रश्नमा पोइलिभ्रेले यस्तो जवाफ दिएका हुन ।

पोइलिभ्रेले भने, ‘प्रधानमन्त्रीले कुनै तथ्य दिएका छैनन्। उनले बयान मात्रै दिएका छन्। म मात्र यो जोड दिन्छु कि उनले क्यानाडालीहरूलाई सार्वजनिक रूपमा भनेका कुरामा हामी थप जानकारी जान्न चाहन्छौं।’

उनले थप जानकारी नदिइएमा आरोप झूटो वा पत्याउन नसकिने बताए । सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले हिजो दिएको निष्कर्षमा पुग्न सहयोग पुग्ने प्रमाण चाहिनेसमेत बताएका छन ।

ट्रुडोले हरदीप सिंह निज्जरलाई गोली हानी हत्या गरेको आरोप भारत सरकारलाई लगाएका थिए। उनले आफ्नो देशका राष्ट्रिय सुरक्षा अधिकारीहरूको भनाई उद्यृत गर्दै ‘भारत सरकारका एजेन्टहरूले’ क्यानाडाली नागरिकको हत्या गरेको दाबी गरेका थिए । त्यसपछि भारत र क्यानडा बिच तनाब बढेकाे छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.