भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने

Share Icon

नयाँ दिल्ली । भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीहरुले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने भएका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय भारतले सेनालाई थप सक्षम र सुदृढ बनाउने प्रयास गरिरहेको छ । चीनसँगको सम्बन्धमा सुधार आउन नसकेको अवस्थामा भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

सैन्य ड्रोनको सञ्चार कार्य, क्यामेरा, रेडियो प्रसारण र अपरेटिङ सफ्टवेयरमा चीनमा निर्मित पार्टपुर्जा राख्नाले सुरक्षा संवेदनशीलता जोखिममा पर्नसक्ने भारतीय सुरक्षा अधिकारीको चिन्ता छ ।

भारतीय अखबार अमर उजालाका अनुसार भारतीय सुरक्षा अधिकारीहरु यस्ता ड्रोनमा स्वदेशी पार्टपुर्जाको प्रयोग गर्दा लागत बढ्नसक्ने भएपनि त्यसलाई स्वीकार गर्ने पक्षमा छन् ।

यसअघि अमेरिकी रक्षा प्रशासन पेन्टागनले पनि चीनमा बनेका ड्रोन र ड्रोनका कम्पोनेन्टको खरिदमा प्रतिबन्ध लगाएको थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.