शिक्षा र कृषी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छौं: अध्यक्ष चौधरी

Share Icon

१४ पाैष, काठमाडौं । दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका वडा नम्बर १५ मा लक्ष्मण चौधरी गत स्थानीय तहको निर्वाचनमा भारी मत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

निर्वाचनमा वडाबासीले आफुलाई आशा र विश्वासका साथ मतदान गरेर पुनः अध्यक्ष पदमा निर्वाचित गराएको उहाँले बताउनुभएको छ ।

अघिल्लो पाँच वर्षमा वडाबासीको माग र आवश्यक्तालाई मध्यनजर गरेर काम गरेकोले आफु फेरी निर्वाचित भएको उहाँको भनाई छ ।

पुनः विर्नाचित हुनु नै पहिलो कार्यकालमा जनभावाना अनुसार काम गरेको प्रमाण भएको उहाँ बताउनुहुन्छ ।

अहिले वडामा विकासले मुहार फेर्दै गएको उहाँ दावी गर्नुहुन्छ । चालु आर्थिक वर्षमा वडाबसीको आवश्यकतालाई लक्षित गरी योजनाहरु ल्याएको अध्यक्ष चौधरी बताउनुहुन्छ ।

अघिल्लो कार्यकालका अधुरा कामहरुलाई निरन्तर सुचारु गर्दै आएको पनि उहाँले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “जिल्ला परीषदबाट आएका योजनाहरु बाडँफाडँ भईसकेको छ, साथै लक्षीत वर्ग र विकास पुर्वाधारहरुमा बजेट पनि विनीयोजन भईसकेको छ, तर चुनावको झन्झटले गर्दा योजनाका कामहरु भने अघि बढाएको छैन् ।”

उपभोक्ता समिती गठन गर्ने प्रकृयामा रहेको भन्दै उहाँले यो प्रकृया सकिना साथ विकास निर्माणका कामहरु दु्रत गतीमा अघी बढाउने जनाउनुभएको छ ।

वडाबासीहरुको सहजताको लागि वडामै राष्ट्रिय परिचय पत्र बनाउने कार्यक्रम पनि सम्पन्न भएको उहाँले बताउनुभयो ।

वडामा शिक्षा र कृष्ी क्षेत्रलाई पहिलो प्राथमिकता दिदै काम अगाडि बढाएको उहाँको भनाई छ । ‘जब सम्म हामी कृषी उत्पादन बढाउन सक्दैनार्,ै तब सम्म गरीबी हटाउन सक्दैना’ै भन्ने मुल नाराका साथ कृषीमा जोड दिएको उहाँले वडा खबरलाई बताउनुभयो ।

वडा अध्यक्ष चौधरीले आफ्नो कार्यकाल भित्र वडाको चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ जनताले अपेक्षा गरेका योजनाहरु पुर्ण रुपमा सम्पन्न गर्दै नमुना वडा बनाउने लक्ष्य रहेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.