पश्चिम बङ्गालमा चुनावी हिंसा, चार जनाको मृत्यु
२२ असार,एजेन्सि। भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडमा राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका हुन् । पश्चिम बङ्गालमा भोलि शनिबार स्थानीय निर्वाचन हुँदैछ ।
एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु भएको हो । विपक्षी दलका कार्यकर्तालाई तर्साउन बम बनाइरहेका बेला त्यो विष्फोट भएको थियो । उनी कांग्रेस समर्थक थिए । प्रहरीले घटनास्थलबाट बम बनाउने सामग्री बरामद गरेको छ ।
Facebook Comments Box
Related posts:
चिनियाँ नागरिकलाई किन सावधानी अपनाउने सल्लाह ?
अमेरिकी इतिहासकै खतरानाक जासुस भनेर चिनिएका रोबर्ट ह्यान्सन मृत फेला
अमेरिकी क्लाउड कम्प्युटिङ सेवामा चिनियाँ कम्पनीहरूको पहुँचमा प्रतिबन्ध लगाउने तयारी
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छाैँ : अध्यक्ष के.सी.
भारतको औद्योगिक उत्पादन बढ्यो