भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा : एलन मस्कले भने- म मोदीको फ्यान हुँ

Share Icon

नयाँ दिल्ली । प्रधानमन्त्री मोदीले आफ्नो चार दिने अमेरिका भ्रमणको क्रममा बुधबार टेस्लाका सीईओ एलन मस्कलाई भेटेका छन् । एलन मस्कलाई भेट्नुअघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनलाई पनि भेटेका थिए।

प्रधानमन्त्री मोदीसँगको भेटपछि टेस्लाका सीईओ एलन मस्कले यसलाई निकै राम्रो भेट भएको बताएका छन् । उनले प्रधानमन्त्री मोदीसँगको मेरो कुराकानी निकै राम्रो भएको बताए । उनले अर्को वर्ष भारत आउने सोचमा रहेको बताए । एलन मस्कले थप भने कि ‘म प्रधानमन्त्री मोदीको फ्यान हुँ।’

प्रधानमन्त्री मोदीले यसअघि सन् २०१५ मा क्यालिफोर्नियाको टेस्ला मोटर्स कारखानाको भ्रमणका क्रममा मस्कसँग भेट गरेका थिए । मस्क त्यतिबे ट्‌वीटरको मालिक थिएनन् । बुधबार मस्कसँग प्रधानमन्त्रीको भेट यस्तो समयमा भएको हो, जब टेस्लाले भारतमा आफ्नो कारखानाको लागि ठाउँ खोजिरहेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको भ्रमणमा न्यूयोर्क पुगेका छन् । प्रधानमन्त्रीको यो भ्रमण निकै महत्वपूर्ण मानिएको छ । नरेन्द्र मोदीलाई स्वागत गर्न जनतामा ठूलो उत्साह थियो ।

प्रधानमन्त्रीको स्वागतमा जनताले मोदी–मोदीको नारा लगाएका थिए । भारतीय समुदायका केही सदस्यहरू पनि प्रधानमन्त्री मोदीलाई स्वागत गर्न होटल बाहिर उभिएका देखिए। सहरमा जताततै मानिसहरु जम्मा भएका छन् ।

विश्वको सबैभन्दा शक्तिशाली देश भनिने अमेरिकाले जुन २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि रातो कार्पेट बिछाउनेछ र योसँगै प्रधानमन्त्री मोदी विश्वका तेस्रो नेता बन्नुहुनेछ, जसलाई वर्तमान अमेरिकी राष्ट्रपतिले यो सम्मान प्रदान गरेका छन् ।

जो बाइडनले यसअघि फ्रान्सका इमानुएल म्याक्रोन र दक्षिण कोरियाका युन सुक येओललाई राज्य भ्रमण र भोजका लागि आमन्त्रित गरेका थिए। यो अमेरिकाबाट सबैभन्दा नजिकका सहयोगीहरूलाई मात्र दिइने उच्च कूटनीतिक स्वागत हो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.