Share Icon

लमजुङ । दोर्दी गाउँपालिका वडा नम्बर ९ मा सञ्चालित लामाे अवधीकाे सिलाई कटाई विकास तालिम मंगलबार सम्पन्न भएको छ।

आर्थिक वर्ष २०७९/०८० को गरिबी निवारणका लागि लघुउद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन भई समापन भएकाे वडा अध्यक्ष आशिष तामाङले जानकारी दिनुभयाे ।

तालिम समापनमा बोल्दै गाउँपालिका उपाध्यक्ष बिच्छ बहादुर घलेले तालिममा सिकेको सिपलाई जिवनमा लागु गर्न आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सीप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने गाउँपालिका अध्यक्ष घलेले बताउनु भयो ।

गाउँपालिकाले आगमी दिनमा थप सीप विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनु भयो ।

सोही कार्यक्रममा बोल्दै वडा अध्यक्ष आशिष तामाङले स्थानीयहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गर्नुभयो ।

सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रदान गरिएको बताउँदै उहाँले तालिमबाट महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्मनिर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो । तालिममा १६ जना सहभागसी रहेका थिए ।

सहभागी प्रत्येकलाई एक/एक थान सिलाई मेसिन समेत प्रदान गरिएको वडा अध्यक्ष तामाङले बताउनु भयो । उहाँका अनुसार ८० प्रतिशत अनुदानमा मेसिन प्रदान गरीएको हो ।

Facebook Comments Box

Share Icon