मलेसियाले समात्यो चिनियाँ पानीजहाज, ३२ चालक दलका सदस्य हिरासतमा

Share Icon

एजेन्सी । मलेसियाले चीनबाट आएको बल्क क्यारियर पानीजहाजलाई नियन्त्रणमा लिएको छ । पानीजहाजका चालक दललाई पनि मलेसियाली प्रहरीले सोधपुछ गरेको छ ।

मलेसियाली सामुद्रिक अधिकारीहरूले तोपका गोलाहरू चीनमा दर्ता भएको बल्क क्यारियर पानीजहाजबाट बरामद भएको बताएका छन्।

पानीजहाज अनुमति बिना मलेसियाको जलक्षेत्रमा लंगरमा राखिएको थियो। चीन र मलेसियाबीच साउथ चाइना सीको समुद्री सीमालाई लिएर विवाद छ ।

मलेसियाले चीनको सीमा दावीलाई अस्वीकार गर्दै आएको छ। यसका बाबजुद पनि चिनियाँ पानीजहाजले मलेसियाको जलक्षेत्रमा घुसपैठ गरिरहेको छ । मलेसियाले पनि चिनियाँ पानीजहाजको घुसपैठलाई लिएर चीनसँग पटकपटक आधिकारिक विरोध गरेको छ।

केही दिन अघि मलेसियाको तटमा दोस्रो विश्वयुद्धमा डुबेका दुई बेलायती जहाजको भग्नावशेष खोजी दलहरूले चोरेको खबर आएको थियो। यी दुई ब्रिटिश जहाजको नाम एचएमएस प्रिन्स अफ वेल्स र एचएमएस रिपल्स थियो। यी दुवै जहाजलाई पर्ल हार्बरमा भएको विनाशकारी हवाई आक्रमणको तीन दिनपछि १९४१ मा जापानी टार्पेडोले डुबेका थिए।

बेलायती रक्षा मन्त्रालयले पनि समुद्रको तल्लो भागमा डुबेका जहाजको भग्नावशेषको चोरीको निन्दा गरेको छ। म्युजियमले व्यक्तिगत लाभका लागि दुईवटा जहाजको तोडफोडप्रति दुःखी र चिन्तित भएको बताएको छ ।

मलेसियाको सामुद्रिक प्रवर्तन एजेन्सी (MMEA) ले आइतबार मलेसियाको दक्षिणी जोहोर राज्यको समुन्द्रमा नियमित निरीक्षणको क्रममा चीनमा दर्ता भएको जहाज फुझोउ र ३२ जना चालक दलका सदस्यहरूले लंगर लगाउने अनुमति लिन असफल भएको बताएको छ।

थप अनुसन्धानपछि अधिकारीहरूले जहाजमा स्क्र्याप मेटल र तोपका गोला फेला पारे। गोलाहरू गत हप्ता जोहर जेट्टीमा प्रहरीले पत्ता लगाएको दोस्रो घटनासँग जोडिएको थियो। उक्त बरामदमा पनि प्रहरीले दोस्रो विश्वयुद्धका कैयौं जीवित तोपहरू फेला पारेको थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.