एजेन्सी । दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।
आगलागीमा ९ जना घाइते भएका हुन् । दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो तलाबाट सल्केको आगो सातौं तलासम्म फैलिएको थियो ।
आगलागीको कारण बारेमा केही खुलाइएको छैन । मृत्यु हुनेमा ४ भारतीय र ३ जना पाकिस्तानी नागरिक रहेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
Facebook Comments Box
Related posts:

जर्मनीद्वारा युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान

बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिनु गल्ती भएको भन्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु

उत्तर अफगानिस्तानका ४७ परिवारलाई चीनबाट सहयोग प्राप्त

