Share Icon

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत दिल्ली पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएकै दिन जनमत पार्टीका अध्यक्ष राउत दिल्ली पुगेका हुन् ।

उनले आजै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेलाई भेटेका छन् ।

भेटघाटमा दुई पार्टीको आपसी सम्बन्ध र दुई देशबीचको सम्बन्धको बारेमा कुराकानी भएको बताइएको छ ।

Facebook Comments Box

Share Icon