भारतीय प्रधानमन्त्री माेदीकाे निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदै

Share Icon

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी बुधवार (जेठ १७ गते) भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मे ३१ अर्थात् जेठ १७ गते भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी १७ गतेदेखि २० गतेसम्म भारतमा रहनेछन् ।

मन्त्रालयका अनुसार भ्रमणमा प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले जुन १ तारिकमा समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने मन्त्रालयले जनाएको छ । सोही दिन मोदीले दिवाभोजको आयोजना गर्ने छन्।

भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत छ ।

प्रधानमन्त्री प्रचण्ड ३ जुन २०२३ मा काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ । उनी २० गते स्वदेश फर्किने कार्यक्रम छ । पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमण हो।

हाम्रो ‘छिमेकी पहिलो’ नीतिलाई अगाडि बढाउन भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई भ्रमणले निरन्तरता दिइएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएकाे छ । दुई देशबीचको द्विपक्षीय सम्बन्ध विगत केही वर्षमा सहयोगका सबै क्षेत्रमा उल्लेखनीय रूपमा सुदृढ भएको छ। यस भ्रमणले द्विपक्षीय साझेदारीलाई थप गति दिन दुवै पक्षले दिएको महत्त्वलाई जोड दिन्छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.