Share Icon

काठमाडौं । ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ । यसले पार्टीभित्रै विद्रोह हुने संकेत पनि गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा पक्षपातपूर्ण व्यवहार गरेको र एमाले विभाजनका बेला विभाजनतर्फ नलागेका कतिपय नेतालाई प्रतिशोध साँधेपछि असन्तुष्टि प्रकट भएको हो । अध्यक्ष ओलीले जसपासँग सहकार्य गरेपछि यसको विरोधमा पूर्वी पहाडी जिल्लाहरूमा बढी असन्तुष्टि प्रकट भएको छ ।

अध्यक्ष ओलीले टिकट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी छाडेको घोषणा गरेका छन् ।

एमालेमा बौद्धिक र सिद्धान्तनिष्ठ नेताका रूपमा परिचित उनको यस्तो घोषणाले पार्टीलाई असर पर्ने देखिन्छ । अध्यक्ष ओलीले भुसाल, भीम रावललगायत केही नेतालाई टिकट नदिएर प्रतिशोधपूर्ण व्यवहार गरेपछि पार्टीभित्र विद्रोह हुने अवस्था देखिएको एक नेताले बताए । नागरिक दैनिकबाट

Facebook Comments Box

Share Icon