Share Icon

२६ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले सङ्घीयता पूर्ण कार्र्यान्वयनका लागि प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने बताउनुभएको छ । दिगो विकासको अवधारणाहित सरकारले काम गरिरहेको बताउँदै सरकारका प्रवक्ता समेत रहनुभएका उहाँले नीति नियमभित्र रही आम नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी वर्तमान सरकार लाग्ने बताउनुभयो ।

कानुन दिवसको अवसरमा आज बुटवलमा आयोजित कानुन र सुशासन विषयक साक्षात्कार कार्यक्रममा मन्त्री पाण्डेले जनताले अनुभव गर्ने गरी काम गर्ने टोली सहितको मन्त्रिमण्डल सरकार शुक्रबारसम्म विस्तार हुने बताउनुभयो । उहाँले जनताका काम गर्न सहज हुने गरी एक मन्त्रालय थप गरिने पनि जानकारी दिनुभयो ।
नेकपा ९एमाले०का प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आफ्नो दल कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार कानुनको अभावका कारण सोचेअनुसारको गति लिन नसकेको बताउँदै अधुरा ऐन र कानुन निर्माणमा सहयोग गर्ने जानकारी दिनुभयो ।

प्रमुख सचेतक चौधरीले आर्थिक सङ्कटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन बिरुद्ध हुने बताउनुभयो । वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले नक्कली शरणार्थी काण्डले देशमा राजनीतिक नेतृत्व र कर्मचारीका भष्ट्र रहेको देखिएको बताउनुभयो । उहाँले मुलुकलाई सही बाटोमा लैजान नागरिक सचेत भई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box

Share Icon