हरिकृष्ण कार्कीको दाबी – ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भए
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ६० प्रतिशत न्यायिक विचलन रोकेको बताएका छन् ।
संसदीय सुनुवाई विशेष समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफ्नो कार्ययोजना सुनाउँदै विचलन रोक्न सफल भएको न्यायिक स्वच्छता कायम गर्ने दिशामा अघि बढेको बताए ।
गोलाप्रथा लागु भएपछि न्यायिक विचलन दुर हुँदै गएको उनको भनाई छ । यस्तै उनले अहिले २०६२ देखि ०६९ सम्मका मुद्दा निमिट्यान्न लागिपरेको बताए ।
लामो समयदेखि कार्यावाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो ।
Facebook Comments Box
Related posts:
एमाले सुदूरपश्चिम प्रदेशमा सबै पदाधिकारी सर्वसम्मत चयन
मुलुकको बागडोर एमालेको हातमा ल्याउने लक्ष्यसहित महाकाली-मेची अभियान : उपाध्यक्ष पौडेलमुलुकको बागडोर ...
अनेमसङ्घको अध्यक्षमा टुका हमाल
दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक : मुख्यमन्त्री पाण्डे
विद्यार्थीको सिकाइ सन्तोषजनक छैनः महामन्त्री थापा