चिनियाँ राजदूतको भनाइप्रति सांसद शुक्लको आपत्ति

Share Icon

काठमाडौं । चिनियाँ राजदूत चेन सङले केही दिनअघि एउटा कार्यक्रममा नेपालले भारतलाई विजुली बेच्ने निर्णय गरेर नेपाललाई झन् घाटा पारेको आशयको अभिव्यक्ति दिएको विषयलाई संसदमा गम्भीर रुपमा उठाउँदै लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्बेन्द्रनाथ शुक्लले चिनियाँ राजदूतलाई जवाफ दिएका छन्।

चिनियाँ राजदूतको भनाइलाई नोटिसमा लिएर पनि परराष्ट मन्त्रालय मौन बस्नु उचित नभएको टिप्पणी पनि उनले गरेका छन्।

उनले चिनियाँ राजदूतको अभिव्यक्तिले कुटनीतिक सीमा नाघेको कुरा नेपाल सरकारले नोटिसमा लिएको र थप प्रक्रियामा अघि बढ्नेमा आशावादी रहेको भन्दै उनले १० हजार मेघावाट विजुली भारतलाई बेच्ने सम्झौताको कार्यान्वयन भए मुलुकलाई कति नाफा हुन्छ भन्ने पनि हिसाव पनि सुनाएका थिए।

सभामुखसँग विशेष समय लिएर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा १० हजार मेघावट विजुली भारतलाई बेच्ने लक्ष्यसहित भारतसँग विद्युत व्यापार सम्झौता भएको उल्लेख गर्दै २०३० सम्म १५ हजार मोघावट उत्पादन हुने र लगभग साढे सातहजार मेघावाट विजुली विक्रियोग्य हुने तथ्यांक पेश गरे।

भारतसँगको सम्झौतापछि खरिद कस्ले गर्ने हो भन्ने स्पष्ट भएको भन्दै उनले खरिदको ग्यारेण्टीका कारण लगानीको बाटो खुलेको बताए।

भारतसँगको विद्युत व्यापारले ४ सय ७० अर्व रुपैयाँ बार्षिक लाभ हुने पनि उनले बताए। ‘यति हुँदा हुँदै चीनका राजदूतले जुन कुरा बोलेका छन् त्यसप्रति मेरो आपत्ति छ’ उनले संसदमा भने।

उनले चिनियाँ अभिव्यक्तिबारे परराष्ट मन्त्रालय चाडोभन्दा चाडो बोल्नु पर्ने माग पनि गरे। चिनियाँ हस्तक्षेप सैह्य नभएको उनको धारणा थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.