टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते

Share Icon

५ वैशाख, एजेन्सि । टेक्सासको ब्राउन्सभिलमा आइतबार एउटा गाडी भीडमा ठोक्किदा आठ जनाको मृत्यु भएको छ । निधन हुनेहरूमा सबै आप्रवासीहरू भएको विश्वास गरिएको छ । सो दुर्घटनामा कम्तीमा ११ जना घाइते भएको पनि अमेरिकामा आधारित फक्स न्युजले उल्लेख गरेको छ।
द हिलले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार विभिन्न समुदायका आप्रवासी र घरबारविहीन व्यक्तिहरूको लागि आश्रयस्थल जस्तै बनेको ब्राउन्सभिलको ओजानम सेन्टर नजिकै रहेको बस स्टपमा एउटा कार भीडमा ठोक्किएपछि सो दुर्घटना भएको हो। ब्राउन्सभिल एक सीमावर्ती शहर हो जहाँ मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूको बसाइँ रहेको छ।
प्रहरीले चालकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
हिरासतमा लिइएको र अहिले क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका र २४ घण्टा निगरानीमा रहेका चालकको बारेमा थप जानकारी दिइएको छैन ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.