५० वर्षसम्म साबुन -पानी जिउमा हालेनन्, जब नुहाए, ज्यानै गुमाए

Share Icon

१७ बैशाख, एजेन्सी । उनी एक सन्यासी थिए, जसलाई सञ्चारमाध्यमले ‘विश्वका सबैभन्दा फोहोरी मान्छे’ भनेर चिनाउँथे। तिनै मानिसको ९४ वर्षको उमेरमा निधन भएको छ।केही महिनाअघि मात्रै उनले दशकौँपछि पहिलो पटक नुहाएका थिए।

अमोउ हाजीले साबुन र पानीले ५० वर्षभन्दा लामो समय नुहाएनन्। उनले यी दुवै चिजलाई आफूभन्दा परै राखे। उनलाई यी दुई वस्तुको प्रयोग गर्दा बिरामी हुने डर थियो।अमोउ दक्षिणी इरानको फार्स प्रान्तमा बस्थे। पहिले पनि उनको गाउँबासीले उनलाई नुहाउन सुझाएका थिए।

तर उनी शरीर सफा गर्ने कुराबाट परै रहन्थे।तर स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिनाअघि अमोउ हाजी गाउँलेसामु झुक्न पुगे। उनले गाउँलेको दबाबमा आफ्नो शरीर साबुन(पानीले सफा गरे।

इरानको इरना समाचार एजेन्सीका अनुसार नुहाएपछि उनी अचानक बिरामी भए। त्यही बिरामले उनको यही आइतवार ज्यान नै गयो।तेहरान टाइम्सलाई सन् २०१४ मा दिएको एक अन्तर्वार्तामा उनले आफ्नो प्रिय भोजन दुम्सी भएको बताएका थिए।

उनी जमीनमा बनेको एक सुरुङ र गाउँलेले देजगाह गाउँमा बनाइदिएको कुटीमा बस्थे।उनले अन्तर्वार्तामा यस्तो सन्यासी जीवन जिउनुको कारण जवानी भोगेको तितो अनुभवलाई दिएका थिए।दशकौँसम्म ननुहाएका कारण उनको शरीरको सबै छाला कालो भएको थियो। यसका साथै उनको शरीरभरी फोकै फोका थिए।समाचार एजेन्सी इरनाका अनुसार उनी सडेको मासु खान्थे। त्यसैगरी तेलको पुरानो बट्टामा भरेर फोहोर पानी पिउँथे।

उनलाई धुमपान गर्न मन पर्थ्यो। एक तस्वीरमा उनलाई एकसाथ कयौँ सिगरेट तानिरहेको देख्न सकिन्थ्यो।समाचार एजेन्सीका अनुसार उनलाई नुहाउने कोशिश गर्दा या सफा पिउने पानी दिँदा दुस्खी हुन्थे।तर पनि उनले ननुहाई नै यति लामो वर्ष बिताएको रेकर्ड बनाउन सके या सकेनन् यसमा विवाद छ।सन् २००९ मा एक भारतीय नागरिकबारे आएको रिपोर्टमा उनले ३५ वर्षसम्म दाँत नमाझेको कुरा आएको थियो।उनले कहिल्यै ब्रस नगरेको पनि उक्त रिपोर्टमा उल्लेख थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.