Share Icon

उमेश दलामी
काठमाडाैं । ओभर स्पिडका कारण बाँकेको राप्तीसोनारी २ अगैयामा बस दुर्घटना हुँदा १८ घाइते भएका छन् ।

नेपालगञ्जबाट तुल्सीपुरका लागि छुटेकाे भे १ ख ३०२३ नम्बरको बस आज दिउसाे करिब १२:१५ बजेतिर ओभर स्पिडका कारण अनियन्त्रीत भई बस दुर्घटना भएको राप्ती राप्तीसोनारी २ अगैया का प्रहरी कार्यालय बाँकेका प्रमुख राम बहादुर चन्दले हाइवे पोष्ट लाई जानकारी दिएका हुन ।

चन्दका अनुसार बसमा सवार ३१ जना मध्ये १८ जनाकाे हात खुट्टामा चाेटपटक लागेकाे छ भने अन्यकाे सामान्य रहेकाे छन् ।

घाइतेहरूलाई भने नेपालगञ्ज मेडिकल कलेजमा थप उपचारकाे लागि लगिएकाे छ भने केहीकाे राप्तीसाेनारीमा प्राथमिक उपचार भइरहेकाे चन्दले जानकारी दिए ।

Facebook Comments Box

Share Icon