रूसी नेता पुटिन र इर्दोगानबीच खाद्यान्न सम्झौता र सिरियाली सुरक्षाबारे छलफल

Share Icon

२५ मंसिर, एजेन्सी ।  टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आइतबार ‘ब्ल्याक सी’को खाद्यान्न करिडोरबाट हुने निर्यातलाई नियमित गर्ने बिषयमा छलफल भएको छ ।

आइतबार टेलिफोनमार्फत भएको वार्तामा टर्की र सिरियाली सीमामा आतङ्कवादविरुद्धको लडाइँलगायत टर्की–रूस सम्बन्धबारे छलफल भएको टर्कीका राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

टर्कीको मध्यस्थतामा भएको खाद्यान्न सम्झौताले एक करोड ३० लाख टनभन्दा बढी खाद्यबस्तुलाई आवश्यक व्यक्तिहरूसम्म पुग्न सुनिश्चित गरेको छ । उनीहरू ९रूसी० ले ‘खाद्यान्न करिडोरमार्फत विभिन्न खाद्य उत्पादनहरू र क्रमशः अन्य वस्तुहरूको निर्यातमा काम सुरु गर्न सक्छन्,” विज्ञप्तिमा भनिएको छ ।

जुलाई २२ मा, रूस र युक्रेनले इस्तानबुलमा टर्की र संयुक्त राष्ट्रसङ्घसँग छुट्टाछुट्टै रूपमा एक सम्झौतामा हस्ताक्षर गरे जुन रूस–युक्रेन द्वन्द्वको बीचमा विश्व बजारमा खाद्यान्न र मल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण बनेको छ ।

अङ्काराले विश्व बजारमा पनि रूसी खाद्यान्न र मल निर्यात पुनः सुरु गर्न मार्ग प्रशस्त गर्न प्रयास गरिरहेको बताएको छ ।

टर्कीको सुरक्षा बल र कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट ९वाईपीजी० बीचको पछिल्लो तनावबारे पनि विस्तृत जानकारी दिँदै सिरियासँगको टर्कीको सीमाबाट ३० किलोमिटर टाढा सिरियाली कुर्दिश लडाकू फिर्ता गर्ने परिकल्पना गरिएको सन् २०१९ को सम्झौता कार्यान्वयन गर्न रुसलाई आग्रह गरेको टर्कीका राष्ट्रपतिले बताउनुभयो ।

अक्टोबर २२, २०१९ मा एर्दोगान र पुटिनले रुसको सोचीमा भएको भेटवार्तामा टर्कीको सीमाबाट ३० किलोमिटर दक्षिणमा वाईपीजी लडाकुहरूलाई फिर्ता बोलाउने र टर्की र रूसी सैनिकहरूबीच संयुक्त गस्ती सुरु गर्ने विषयमा सहमति जनाएका थिए ।

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा नोभेम्बर १३ मा भएको बम विष्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य ८१ जना घाइते भएपछि टर्कीले नोभेम्बर २० मा उत्तरी सिरियाको वाईपीजी र उत्तरी इराकको कुर्दिस्तान वर्कर्स पार्टी ९पिकेके० विरुद्ध हवाई अभियान चलाएको थियो ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.