उपराष्ट्रपति निर्वाचन: सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान
३ चैत,काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गर्नुभएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उहाँहरुले मतदान गर्नुभएको हो । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।
बिहान ११ बजेसम्म दुई सय २० मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
Facebook Comments Box
Related posts:
कांग्रेसबाट सुरेन्द्र आचार्य मन्त्री नियुक्त, आजै शपथ
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु
सीके राउतको आग्रह – सोर्स फोर्सका लागि फोन नगर्नुस्, अर्को पटक फोन उठाउन गार्हो हुन्छ
इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदको माग
एमाले मधेश प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिकाे प्रयास हुँदै