मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय
२ चैत,काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।
आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमन जानकारी दिनुभयो ।
पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो । रिक्त पदमा मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहनुभएकी अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय गरेको हो ।
Facebook Comments Box
Related posts:
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
देश परिवर्तनका लागि पहिले माओवादी रूपान्तरण गर्नैपर्छ : अध्यक्ष दाहाल
११ सांसदका यी प्रश्नमाथि प्रधानमन्त्री प्रचण्डको यस्तो जवाफ (प्रश्न र जवाफसहित)
अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति
प्रतिनिधिसभा बैठक : तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग